No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इलाममा बिरामी बोकेको बलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

0

पाँचथर । पाँचथरबाट बिरामी बोकेर झापातर्फ गइरहेको बलेरो इलाममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक गइरहेको बलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् ।

घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नम्बरको बलेरो मध्यान्ह १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो । बलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित: १२ असार २०७९, आईतवार १५:१७

Leave a Reply