No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘नेकपा वामदेवको दम्भलाई धुलो चटाई दिने हैसियतमा छ’

0

ऋषिराम कट्टेल ।
वामदेव गौतम नेपाली वाम आन्दोलनमा स्वार्थको लागि जेपनिगर्ने एक अस्थिर पात्रको रुपमा चित्रित नाम पनि हो । तिनै वामदेवले हालै आफ्ना केही मानिसहरुलाई जम्मा गरेर एउटा एकता अभियान नामको पार्टी घोषणा गरेछन् । ओली, माधव र प्रचण्ड कसैले पनि टेर पुच्छर नलगाएपछि वार्गेनिङ कार्डकोरुपमा यो पार्टी खोलिएको कुरा राजनीतिमा कखरा जानेको हरेक मानिसले बुझ्दछ । यद्यपि उनको पार्टी खोल्ने व्यक्तिगत अधिकार प्रति मेरो टिप्पणी हैन र सम्मान पनि गर्दछु ।

तर उनले पार्टी घोषणापछि एउटा अन्तरवार्तामा जसरी हाम्रो पार्टी विरुद्ध अभिव्यक्ति दिए त्यो निन्दनीय मात्र छैन देशको कानुन, नियम र स्वयं सर्वोच्च अदालतको निर्णयको अवज्ञा र कानुनतः दण्डनीय विषय हो ।
नेपाल कम्युनिष्ट पार्टी कत्रो छ ? कहाँ कहाँ छ ? त्यसको विवरण खोज्ने वामदेव गौतम को हो ? जुन गोरुको सिङ छैन उसको नाम तिखे भने झै जो मान्छे जिन्दगीभर राजनीतिमा लागेर अहिले घर न घाटको भएर सडकमा गन्तव्यविहीन मात्र हैन तिरस्कृत भएर भौंतारिइरहेको छ उसले अर्काको हैसियत नाप्न खोज्नु हाँस्यास्पद कुरा मात्र हो ।

प्रतिक्रियावादमा पतन भैसकेका वामदेवहरुले यतिकुरा राम्ररी बुझे हुन्छ नेपाल कम्युनिष्ट पार्टी तिम्रो दलाल नोकरशाही तथा सामन्ति राज्य सत्तालाई ध्वंस गरेर देशमा जनताको नयाँवादी गणतन्त्र स्थापना गर्ने संघर्षमा नेपाली जनतामाझ क्रियाशिल छ । नेकपा कहाँ छ भन्नेकुरा वामदेवका प्रतिक्रियावादी आँखाले नदेख्नु अस्वभाभिक भने हैन । तर वामदेवले यत्ति हेका राखे हुन्छ नेकपा वामदेवको दम्भलाई धुलो चटाई दिने हैसियतमा छ ।

 

प्रकाशित: १६ असार २०७९, बिहीबार ०३:३४

Leave a Reply