No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेश्नलिष्ट पिपुल्स पार्टीका प्रवक्ता सिलवाल काठमाण्डौं २ मा माधव नेपाल विरुद्ध चुनाव लडदै

काठमाण्डौं २ पूर्व एमाले महासचिव तथा हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष, पूर्व प्रधानमन्त्री माधव नेपालको चुनावी क्षेत्र हो । यसमा यसपट्क पनि ५ दलीय सत्तागठबन्धनबाट अध्यक्ष नेपाल नै चुनाव लडने चर्चा छ ।

0

नागरिक आन्दोलनका चर्चि अभियन्ता तथा हाल नेश्नलिष्ट पिपुल्स पार्टीका प्रवक्ता हेम विक्रम सिलवालले आगाामी संसदीय चुनावमा काठमाण्डौं २ बाट प्रत्यक्ष चुनाव लडने घोषणा गरेका छन । सरकारले चुनाव घोषणा गरे सगै प्रवक्ता सिलवालले काठमाडौ क्षेत्र न २ मा चुनावमा उमेदवार दिने घोषणा गरेका हुन । नेश्रलिष्ट पिपुल्स पाटीको तर्फबाट उनले पहिलो पट्क राजधानी शहर काठमाण्डौंमा चुनाव लडने निर्णय गरेका हुन । उनको दल नेश्नलिष्ट पिपुल्स पार्टीको चुनाव चिन्ह लाटोकोसेरोमा ( देबिको वाहान) मा मतदान गरि बिजय गराउन काठमाडौ २ का मतदातालाई प्रवक्ता सिलवालले आग्रह पनि गरेका छन । उनले सबै बुद्धिजीवी,आमाबुबा ,दाजुभाइ, दिदीबहिनीहरुलाहृरुलाई लाटोकोशेरो चुनाव चिन्हमा मतदान गर्न हादिंक अनुरोध गरेका छन ।
काठमाडौको खानेपानी समस्य साबाधान गर्नेदेखि नेपाल हिन्दुअधिराज्य सहित आलकारीक राजसस्था कायम गर्ने आफ्नो चुनावी एजेण्डा भएको प्रवक्ता सिलवालले स्पष्ट पारेका छन । यस्तै, कुषिमा बिकास जनताको उत्दपादन राज्यको बजारीकरण गर्ने घोषणा पनि उनले गरेका छन । सिन्धुपाल्चोकमा जन्मेका सिलवालको पुर्खौली नाता पनि काठमाण्डौं २ मा रहेको जनाइएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा आफूले राज्यबाट दिइने कुनै पनि सुबिधा तलब भता नलिने प्रतिवद्धता पनि प्रवक्ता सिलवालले जनाएका छन ।
काठमाण्डौं २ पूर्व एमाले महासचिव तथा हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष, पूर्व प्रधानमन्त्री माधव नेपालको चुनावी क्षेत्र हो । यसमा यसपट्क पनि ५ दलीय सत्तागठबन्धनबाट अध्यक्ष नेपाल नै चुनाव लडने चर्चा छ ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार १४:१६

Leave a Reply