No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दल दर्ताका लागि निर्वाचन आयोगको आह्वान

0

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ ।’

सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

 

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार १२:४६

Leave a Reply