No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भुवन केसीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता

0

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार नरेश पौडेललगायतले केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ । केसीलाई साउन ९ गते सरकारले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष पदका लागि १० जना आकांक्षी थिए । १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो ।

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार ११:१९

Leave a Reply