No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनमा लड्न जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयपछि सयौँ गिरफ्तार

0

रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको छ । ओभीडी–इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिबार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए ।

राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन् । पूर्वस्वीकृति बिनाका र्यालीहरू रुसी कानुन अन्तर्गत प्रतिबन्धित छन् । तर नागरिकलाई सेनामा भर्ती गर्ने पुटिनको कदमले सहरी क्षेत्रमा ठूला प्रदर्शनहरू निम्त्याएका छन् ।

गत साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए । समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा हामी तोपको चारा होइनौँ भन्दै चिच्याएको देखिएको थियो ।

शनिबार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको बताइएको छ ।

क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै त्यो कानुन विपरीत नभएको जनाएको थियो । मस्कोले भर्तीपछि जिम्मेवारी पालन नगरेको आरोप लाग्नेहरूमाथि कठोर सजायको व्यवस्था समेत स्वीकृत गरेको छ ।

शनिबार पुटिनले हस्ताक्षर गरेको आदेशमा आत्मसमर्पण गर्ने, जिम्मेवारी छाड्ने वा लड्न अस्वीकार गरेको पाइएका मानिसहरूलाई १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।

प्रकाशित: ९ आश्विन २०७९, आईतवार ०५:०८

Leave a Reply