No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवन गोली काण्ड एक‌ प्रकारले राजसंस्था फर्काउने बलियो मौका थियो…….

दरवारको सरकार! यदि शाह बंशीयलाई‌ निरन्तर्ता दिई आफ्ना आगामी पुस्तालाई अभिभारा सुम्पिने प्रण छ भने आँखाले हेर्न पर्यो, कानले सुन्न पर्यो र मुखले उचित आदेश दिन पर्यो। हामी कोर्स करेक्सनको लागि हरदम तयार छौं।

0
सोम विक्रम सिंह
राजालाई सलामी‌ दिएको देखिएन तथा राजाको सेना पनि देखिएन। दुर्गा प्रसाईँको सेना, फुलपातीमा सलामी खाएको पनि देखियो। के भा यो, के हो यो? यसपाली त टिका पनि बन्द, अझ अष्टमीमा निर्मल निवासबाट नै शक्तिपिठमा दर्शन ढोग। स्याबास सचिव तथा तिनका लठैत, झोलेहरू र तिनका उपलब्धी। हामीले ६२/६३ लगत्तै तत्कालिन समयका माओवादी, तिनका जनसेना र बहुला जनताको ज्यान मार्ने धम्कि बिच राजसंस्थाको सदस्यलाई जनताको माझ पुराएर राजा र जनता बिच भावनामत्मक सम्बन्ध गाँस्न सफल भएका थियौं।
बिरगंजमा भएको पहिलो शाही सवारीको हल्ला फिजाईएको रहेछ। मेरो ससुराली बिरगंजको साहेब ज्युको परिवार भएकोले मलाई राजाको सवारीको हल्ला बारे बिरगंजबट सोधपुछ हुन थाल्यो। मैले (प्रभन्जन) व्याग्र वेदनाथ लाई यो बारे सोधपुछ गर्दा निर्मल निवास पनि अनभिग्य रहेको पाइयो। उनले पारस सरकार मार्फत जानकारी लिन खोज्दा उल्टै कसको सवारी हो बुझ्न लगाईयो। बुझ्दै जाँदा कुनै व्यक्तिले त्यसै राजा आउन लागेको छ भन्ने खबर चलाएको रहेछ भन्ने ससुरालीका मेनेजर साधु गिरीजालाल पासवान मार्फतबाट थाहा पाएँ। हल्ला त चलाईएको थियो तर कसको कहाँ भन्ने कुराको टुगो‌ नै थिएन। पछि त्यताका‌ कमिटी व्यबथापक सम्पर्क आयो, उनिहरू पनि राजसंस्थाका कुनै सदस्य आए धन्य हुनेमा प्रयासरत भए। पछि यो कुरा पारस सरकार मार्फत निर्मल निवासमा समाचार प्रवाह भयो। प्रभन्जन मार्फत एउटा निमन्त्रणा पठाउन लगाउन कुरा आयो।
निम्न्त्रणाको बिवरण पठाएर निर्मल निवासमा सम्पर्क गराईयो, निमन्त्रणा महाराज सरकारलाई‌ पठाए। तर अन्तमा पारस सरकारको सवारी हुने टुङ्गो भयो। म ससुराली भएकोले रेक्कि गर्न पहिले नै बिरगंज गएँ श्रीमतीको भाउज्युको गाडी लिएर (सो गाडीको पछाडिको ऐना सवारी पछि कुनै उश्रुङखल व्यक्तिले माईस्थान नीर ढुङ्गाले हानेर फुटाईदिएका थिए। ससुरालीको भाउज्यको गाडी त्यहि पनि केहि दिनको लागि लगेको कमता तनाब थियो हामी बुढाबुढीलाई। हाम्रो रातो कलरको टोयोटा ल्याण्क्रुजर जीप सवारीमा लाँदा लाँदा ऐतिहासिक गाडी भन्ने गर्थे साथीहरूले कम घोटियो सवारीमा, प्रत्येक सवारी पछि बनाउँदा पैसा ध्वस्त, पैसा धेरै नै उडाईयो। अझै बिराटनगर सवारीबाट फर्केर आउँदा कुलेखानी ड्याम नपुग्दै झण्डै पहिरोमा पुरिएर मरिएन। भाई शित्तल ले हत्तनपत्त गाडी ब्याक नगरेको भए त्यो रातको दुई बजे झन्झन् पानी परेको समय गाडीको चिहान बन्ने थियो। त्यस्ता कालबाट धन्न जोगियो)।
काठमाडौंबाट झण्डै बिस बाईस जना केटाहरू पारस सरकारको सवारी लिएर आए र संझना होटलमा बस्ने प्रबन्ध मिल्यो। प्रभन्जन सिंह, सुशिल सिंह, राजेन्द्र सिंह, धिरज सिंह, राजेश सिंह, महेन्द्र शाही, जगत चन्द, अभय शाह, सर्जु हाडा आदि सवारी‌ लिएर आए। प्राय सबैको‌ लामा लामा कपाल थियो र सबै मुन्द्रा र टप‌ लाउँथ्यौं। म अझै सम्म हिराकै टप लाउने गर्छु, जुन हाम्रो सम्प्रदायको शान हो। भन्ने हो भने क्षेत्रीय धर्म‌ अनुरूप लामै कपाल हुने गर्छ।‌ त्यस बखत पत्रीकामा पारसका चुल्ठे मुन्द्रे भनेर फोटो सहित छ्यापछ्याप्ती आयो। मधेस आन्दोलनको नाममा तराईमा बस्नेहरूलाई‌ पहाडी भगाउ आन्दोलन छेडेर रक्तपात मचाएको केहि समय मात्रै भएको थियो।‌ पहाडी भन्दै तिनका रेष्टुरेण्ट घर जलाईएको र मधेस आन्दोलनको दवदवा थियो। तथाकथित पहाडी भगाउ आन्दोलनमा अहिलेका बिरगंजका मेयर अग्रपन्तीमा हुन्थे र जय मधेसका नारा घन्काएको स्मृतिमा ताजै छ।
ज्यान बचाउन मान्छेले अनेक नाटक गर्दा रहेछन् भन्ने त्यो एउटा ज्वलन्त उदाहरण हो। मधेस आन्दोलनको समय म र मेरो फुज्युको छोरा भाई धिरज बिष्ट छाती फुलाएर बाटोमा हिंड्ने गर्थ्यौं। हाम्रो‌ फोटो सो समयमा पनि विभीन्न पत्रिकामा दरबारको दलाल तथा जासुस भनेर छापियो। मलाई त अझै कतिले किन त्यसरि हिंडेको समय राम्रो छैन, मधेसीहरू आगो भएका छन्, मार्लान् भन्थे। म चाहिँ परि‌ आए‌ लडेरै मर्छु भनेर झन् बाटोमा ओहोरदोहोर गर्थें। तर एकजना त्यो आन्दोलनमा हिंड्ने नारा लगाउनेले तपाईँ चिन्ता नगर्नुहोस् हामी राजा मान्ने मान्छे तपाइँलाई केहि भए हामी सुरक्षा दिन्छौं भनेर ढाडस दिने गर्थे। मलाई तिनको कुरा र साधुको साथले पनि रत्तिभर डर लाग्थेन। म अहिले पनि निडर नै छु। केहि महिना अगाडि पनि जसपाको राजेस मान र वडाका अध्यक्षले करिब बिस चालिस जना ट्यापेहरू लिएर मेरो ससुरालीमा म माथि घातक हमला गर्न आएका थिए। (झापाका बासिन्दा पाठक थर भएकाले भाडामा लिएर ठाउँ छोड्न नमानेका र तिनीहरू तिनको पक्षमा आएका थिए, कस्तो समय आयो भने जबर्जस्ती अर्काको सम्पत्तीमा कब्जा जमाएर‌ बस्दा पनि प्रलोभनको कारण न्याय‌ नपाइने)। ति मध्ये बिस पच्चिस जनासँग म एक्लै लडेको देख्दा छरछिमेक र लड्न आउनेलाई समेत साउथ फिल्मको हिरो झैं लाग्यो रे।
खबर बिरगंज बजारमा छ्यापछ्याप्ती फिजीएछ।‌ ज्वाईं साहेब त भयङ्कर लडाकु हुनुहुँदो रहेछ भनेर म बाहिर निस्कँदा हल्ला फिजिएको थाहा पाएँ। तत्कालिन मधेस आन्दोलनमा धेरै पहाडी भन्ने समाज भागेर गएका‌ थिए। सो समयमा पनि बिरगंजको ज्वाईँ साहेब भनेर छाति‌ फुलाएर हिंड्ने गर्थें। एकदिन मर्ने हो, बाँचुञ्जेल शिर ठाडो बनाएर नै बाँच्ने हो। सवारीको‌ कुरा आउँदा मधेस आन्दोलनको कुरा निकाल्नु पर्ने कारण के थियो भने गौर हत्याकाण्डबाट शुरू भएको धकधकी सवारी सम्म‌ थियो। गौरमा तमाम चेलीहरूलाई‌ उपेन्द्र यादबको नेतृत्वले निर्मम हत्या गरेको कालो ईतिहास कहिलै मेटिंदैन भलै मर्ने र मार्नेलाई नेतृत्व ठगबन्धन भन्दै देशका ढुकुटी लुटिरहुन्। बिरगञ्ज सवारीको बेला पनि एकातिर तथाकथित मधेसीले कार्यक्रम गर्यो‌‌ भने बिथोल्ने र साँघातित हमला गर्ने धम्कि दिन्थे भने धनयुद्धका सेनाले जिपिएमजी‌ फिट गरेर जता पारस आउँछ त्यतै हान्छु भन्दै कार्यक्रम स्थलमा ग्रिनेड पट्काउँछु भनेर त्रास देखाउने प्रयत्न गर्थे। कार्यक्रमको‌ एकदिन अगाडि त झन्‌ सिडियो अफिसले कार्यक्रम रद्ध गर्नुहोस् हामी सुरक्षा दिन
सक्दैनौ भनेर भाँड्न पो खोजे। शक्ति‌ कै पछि लाग्ने समाज हो, हामी पनि अन्यौलमा पर्यौं। पारस सरकार पनि कार्यक्रमको अन्यौल देखेर फर्किने मनस्थितीमा पुगे‌। धन्न त्यो बेला मेरो दिमागले काम गरेर कार्यक्रम जसरि‌ पनि गर्नुपर्छ सरकारले सुरक्षा नदिए जनताले दिन्छ भन्ने बुझाउन प्रयास गरियो। रातारात आयोजक कमिटीलाई बोलाएर स्वयमसेवक गठन गर्न र सुरक्षाको चिन्ता नलिन सम्झाईयो। तत्कालिन समयमा नेपाली सेनाको टुक्डीले पनि पारस सरकारको सुरक्षा दिने गर्थ्यो।‌ अहिले पो राजाको सुरक्षामा जम्मा बाह्रजना सशस्त्र र केहि थोरै नेपाल प्रहरी मात्रै बाँकि छ। हेर्दा हेदै जसको वंशले यो देश निर्माण गर्यो, सेना निर्माण गर्यो उसकै सन्तानलाई सुरक्षा दिन यो व्यबस्था हिच्किचाउँछ तर लाजको पसारो जनताबाट निर्बाचित भन्ने दलाल नेता जनताको माझमा जान डराई सुरक्षाको घेरा भित्र लुकेर बस्छ। झन् राजाको दशैंको शुभकामनाको वक्तव्यले त यो व्यबस्था यति डरायो कि नजरबंध राख्ने हल्ला फिजाउँदैछ। खैर ६२/६३ पछिको पहिलो शाहि सवारीमा सुरक्षाको अनुभुति हुने कार्यमा व्यस्त भइयो। सो समयका क्याप्टेनको नेतृत्वमा आएको सेना पछाडि र साईडमा, काठमाडौंबाट आएका हामी लामा लामा कपाल भएका चुल्ठे मुन्द्रे साथीहरू बक्स बनाएर र स्वयम सेवक हामी पछि र जनता अर्को‌ घेरामा राखेर सुरक्षा दिएर कार्यक्रम सफल बनाउने योजना भयो। (त्यस पछि प्राय भ्रमणमा सेक्युरिटी ब्रिफिंग दिने जिम्मा मलाई‌ दिईयो।)
कार्यक्रमको‌ दिन बाध्य भएर सिडियोले पनि प्रहरी र सशस्त्र सुरक्षाको‌ लागि पठाएछ। कार्यक्रम भब्य भयो, केहि छिन सम्म रोड खालि भएको कहाँबाट बिरगंजबासी उर्लिए पत्तै भएन। खचाखच भिडमा बल्ल बल्ल पारस सरकारलाई कार्यक्रम स्थल सम्म लग्न सफल‌‌ भइयो। सो बिरगंजको कार्यक्रम पछि हामी धनयुद्धका तालिम केन्द्र भन्ने ठाउँ भएकै तिरबाट हिंडेर अन्य कार्यक्रममा सहभागी हुन गईयो। तालिम गरिरहेका दलाल प्रचण्डका निमुखा तथा अनजान सिपाहिं परेड खेलिरहेका थिए। पारस सरकार सहित हामी तिनीहरूको तालिम केन्द्रको साँध साँधै जाँदा केहिले ओहो बाघको बच्चा भनेको बाघ नै हुन् भनेको सुनियो। भर्खर आन्दोलनबाट उभ्रेकाहरूको हामी जस्ताको अगाडी सबै भुसुना नै हुन् भन्ने दम्भ थियो। जनता वाईसिएल र जनसेना पनि थुरथुर हुन्थे। देशमा अराजक फैलाएका थिए। तर राजाको छोरालाई त्यसको के मतलब त्यहि देखेर नै धनयुद्धका झुण्डलाई अचम्म लाग्नु कुनै नौलो होईन। निर्मल‌ निवासमा समेत पारस सरकारको भब्य कार्यक्रमले उत्साह जाग्यो भने केहि भाइरसको मनमा अशान्ति छायो। त्यसै गरि‌‌ शाहि भ्रमणको कार्य तालिका नै बन्न थाल्यो। राजा ग्यानेन्द्र, हिमानी सरकारको दोलखा भ्रमण र पारस सरकारको बिभिन्न कार्यक्रम। पारस सरकारको कार्यक्रममा भब्य सहभागिता देखेर दरवार भित्रै धेरैको पेट पोलिरहेको रहेछ भन्ने कुरा आज आएर छर्लङ्ग भएको छ। सो समयमा‌ जहाँ पारस सरकारको भ्रमण भयो‌ त्यहि ठाउँमा राजा ग्यानेन्द्रको‌‌ भ्रमण‌ कार्यतालिका बन्थ्यो। पारस सरकारको धनगढी भ्रमण त ऐतिहासिक नै थियो।
एअरपोर्टमा भिड थाम्न नसकेर असिना पसिना भएर लखत्तरान भएको सम्झना स्मृतिमा ताजै रहन्छ। हाम्रो कार्यक्रम देखेर राष्ट्रिय सरोकार मञ्च नेपालको सदस्यता लिनेको लाईन हुन्थ्यो। सदस्यताको भिड थामि‌ नसक्नु हुन्थ्यो। तर त्यो सबै जमात शक्ति‌ पछि लागेर आएका रहेछन् भन्ने आज प्रष्ट हुन्छ। पारस सरकारको भ्रमण पश्चात राजा ग्यानेन्द्रको पनि धनगढिमा भ्रमण तय भयो। पारस सरकारले हिमानी सरकार र बुवा सरकारको भ्रमण तय भयो‌ कि‌ मार्फत हामीलाई भ्रमण सफल पार्न गइदिन हुकुम हुन्थ्यो। हामी‌ पनि शाहि भ्रमण भन्यो कि उत्साहित भएर जान्थ्यौं, एक त जनतासँग प्रत्यक्ष बहस गर्न पाइने अर्को‌ राष्ट्रिय सरोकार मञ्च नेपाल प्रति आकर्षक साथीहरूसँग भेटघाट हुन पाइने। धनगढिमा महाराज सरकारको सवारी्मा पनि गईयो। राती निर्मल निवासको तर्फबाट डिनर थियो तर हामीलाई चाहिँ बोलाईएन। धनगढीबाट महेन्द्रनगर जाँदा सरकारले नै सवारी हाँकि बक्स्या थियो, हामी मोटरसाईकलमा सवारीको भिड मिलाउँदै अगाडि पछाडी गर्दै थियौं सरकारले मलाई डाकेर जे हुकुम भएको थियो त्यहि गर्दै तुफान चलाएर गईरहेको थियौं, अगाडिबाट झण्डै सरकारको गाडीले हाम्रो बाइकमा छोएको। त्यो समय मुटुले ठाउँ छोडिसकेको थियो, बाल बाल बाच्यौं भन्दै।
धनगढीको भ्रमण पछि पारस सरकार राजा ग्यानेन्द्र भन्दा आकर्षण बढी छ, राजाको भ्रमण अलि उत्साह जनक भएन भन्ने हल्ला चलाईयो। बुवा छोराको होडबाजी गर्न एउटा समुह सफल भयो। पारस सरकारको‌ भ्रमणमा अकस्मात बिस्तारै अंकुस लगाउन थालियो‌ र उहाँलाई फेरि बिदेश तिरै धकालियो। एकचोटी राजा ग्यानेन्द्रको भैरहवा भ्रमण थियो। हामीलाई खबर आएन र सचिब तिमिल्सिनालाई यसको बारे बुझ्न फोन गरियो। उहाँले अब भ्रमणमा आउन परेन सरकारको हुकुम छ अब स्थानियले नै सबै सुरक्षाको‌ व्यबस्था गर्छ भनेर भने। सोझो मन होला तनि‌ भनेर सहि कुरा हो हामीले भनेका कुरा पनि जनताले अब राजसंस्थाको सुरक्षा दिन्छ भन्ने जुन कुरा थियो त्यहि नै भएछ भन्ठान्यौं। तर त्यो कुरा होइन रहेछ भन्ने आज प्रमाणित भयो एक त एकथरि दरबारियाले‌ पारस सरकारको वरिपरिकालाई देखि नसहने ( हामीलाई त्यहि कित्तामा राखियो भाई शित्तल पारस सरकारको बुढानिलकण्ठ पर्दा एउटै कक्षामा‌ पढ्ने) अर्को पारस सरकारको ख्यातिलाई‌ रोक्न खोज्ने। त्यहि‌ कारणले पो हामीलाई‌ रोकेर अर्को शक्ति तयार पार्न लागेका रहेछन्। भैरहवामा त छ्यापछ्याप्ति शिवसेनाको पो झण्डा देखियो। हामी राष्ट्रिय झण्डा मुनी राजसंस्था राख्न पर्छ भनेर हिंड्यौं तर एकथरिले त राजालाई त पार्टिको झण्डा मुनी पो ओराल्न लागे। सुजाताको ज्वाईँ विरूद्ध चितवन गोली‌ काण्ड पछि पारस सरकारलाई खेदे पछि दरबारमा एकथरिले हाईसञ्चो माने र मनोमानी हुने सोचे।
चितवन गोली काण्ड एक‌ प्रकारले राजसंस्था फर्काउने बलियो मौका थियो। रूबेल काण्ड बिरूद्ध आन्दोलन गर्नुपर्छ भनेर मलाइ राष्ट्रिय सरोकार मञ्च नेपालमा बसेको बैठकले आन्दोलनको‌ नेतृत्व लिनुपर्छ भनेर सर्वसहमतीले अभिभारा दिएका थिए तर केहि आफ्नै मान्छेलाई त्यो पचेको पनि थिएन। मैले आन्दोलनमा सहयोग गरिदिन आग्रह गर्न बिप्लप‌ दाईको मा गएको‌ थिएँ। सो आन्दोलन राष्ट्रियताको पक्षमा भएकोले बिप्लप दाईले सहर्ष स्विकार गरि सहयोग गर्ने बचन दिएका थिए। मलाई चक्रपथमा समातेर महाराजगंज थानामा थुनेर राख्ने बित्तिकै एभिन्युज टिभीले स्क्रलमा ब्रेकिङ न्यजमा राखेको थियो। सो समाचार हेर्ने बित्तिकै राष्ट्रियताको सवालमा गोलि काण्ड भएको मेरो भनाइमा समर्थन गर्दै तत्कालिन समयका‌ जनसेनाका डिभिजन कमाण्डर प्रज्वल, ब्रिगेडियर कमाण्डर दिपेन्द्र शाह, सुर्खेत जेल‌ ब्रेकर कमाण्डर सुदिप मल्ल र वाईसियल केन्द्रिय सदस्य दिलीप शाहीले समर्थन गरेका थिए। तर जहिले पनि सुनौलो अबसरलाई सदुपयोग गर्ने दरबारको बाधा बनेर भित्रैबाट कोहि न कोहि निस्की रहेको हुन्छ। नेपालमा धेरै चोटि राजसंस्था स्थापित गर्ने मौका आएको थियो तर यो दरबारले नबुझेको हो‌कि कसैले राम्रै खेल्दैछ।
अहिले‌ पनि कोर्स करेक्सनमा जानुपर्छ भनेर महाराज सरकारको‌ मनतव्य आएको छ तर खोई जमिन तयार गरको छ कि छैन? हामीले बुझ्न सकेको छैन। हामीलाई राजाले कमारो‌ नै सोचेका छन् जस्तो भान हुन्छ। राजा, राष्ट्र, राष्ट्रियता र धर्म भनेर २०६० साल‌ देखि‌‌ लागेको तर राजासँग दोहोरो वार्तालाप हुने मौका‌ कहिले जुरेको छैन। राजाले राप्रपा अगाडि बढाएको र राष्ट्रियता शक्ति नेपालको केशर बहादुर बिष्टलाई पटक पटक भेटेको पनि सुनिन्छ। तर अचम्म लाग्छ राप्रपाका नेताले सरकार चुनावबाट हामी दुई तिहाई‌ ल्याएर संविधान परिवर्तन गर्छौं, राजसंस्था हामी स्थापित यसरि गर्छौं भन्दा पनि बुझें मैले हुकुम हुन्छ कि अनि फेरि केशर बहादुर बिष्टले हामी आन्दोलनबाट राजसंस्था स्थापित गर्छौं सरकार भन्दा पनि सहि हो हुकुम‌ हुन्छ कि? बाटो चाहिं सरकारको के हो मेरो प्रतिप्रश्न? सरकारले बुझिबक्स्या अनुरूप कम्युनिष्ट भए २४ घण्टा पनि लाग्दैन स्थापित हुन, भुटान सरह भए छिटै नै स्थापित भईन्छ तर सरकारलाई दुवैमा रूचि छैन र आफु आउने बाटो बनाउन संगठन लाई‌ व्यापकता बनाउन के कति गृहकार्य भएको छ सरकारलाई हेक्का छ कि छैन?
फेरि सरकार! उमेरले त भर्खर लक्का जवान पनि त होइबक्सन्न, कन्धा दिन पर्ने युवराजले पनि सहि साथ दिएको जस्तो देखिन्न। हाम्रो ईतिहासमा राजाले कलिलै उमेरमा राजगद्धी सम्हालेको पनि पढ्न पाईन्छ र कति त कलिलै उमेरका युवराजले युद्धको मोर्चा सम्हालेको पनि ईतिहास छ। नवयुबराज पनि उमेर त आफु सम्हालिन र लिगेसी सम्हाल्न तयार भईसक्नु पर्ने हो तर खोई हामीले नबुझेको हो कि दरबार अन्धकारमा बसेको हो पत्तै पाइन्न। फेरि सम्पुर्ण शक्तिलाई एक ढिक्का बनाउन पर्नेमा सचिब शाहि युवा शक्ति खोल्ने, युबराज शाहि शक्ति खोल्ने‌ र टक्कर गरेर बस्ने‌ भने कोही राजालाई रेष्टुरेण्ट उद्घाटन गर्न दौडाउने। राजाले फोटो बेचेर खानेलाई धेरै विश्वास गरिबक्सेता पनि हामी पुर्खा देखि राजाको भारदारको रूपमा रगत बगाउन तयार रहेका सन्तती किन्चित डगेका छैनौं।
हामी राष्ट्रिय सरोकार मंच नेपाल र जनताले खोलेको राष्ट्रिय शक्ति‌ नेपाल‌ बरू राजा ग्यानेन्द्रले सोचि सक्सेको कोर्स करेक्सनमा साथ दिन र सडक आन्दोलनबाट गणतन्त्र ध्वस्त पारि राजसंस्था सहितको वैदिक सनातन हिन्दु अधिराज्य स्थापित गर्न टाउकोमा कफन बाँधि बलिदान दिन तयार छौं। दरबारले अझै हेक्का गर्दा हुन्छ ईण्डिया अझै राजालाई‌ अप्ठेरोमा प्रयोग गर्ने तुरूपको रूपमा चाल्न मात्रै मौका हेरेर बसेको छ भने चिन अझै एमाले र केहि माओवादी मिलाएर मदन भण्डारीको बहुदलीय जनवादको‌ पक्षमा छ। उनिहरू त माओवादी आन्दोलनले गर्दा कम्युनिष्टको बहुमत नै छ भनेर स्पष्ट नै छ। अमेरिका र पश्चिमाको‌ लागि त राष्ट्रवादी तथा देशभक्त शक्ति भन्दा त र्याले, सिंगाने, काम‌ नलाग्ने अङ्ग भएका सस्तोमा पाउने दलाल, गुलाम, भरिया र दास नै उत्तम हुन्छ नी। तसर्थ दरवारको सरकार! यदि शाह बंशीयलाई‌ निरन्तर्ता दिई आफ्ना आगामी पुस्तालाई अभिभारा सुम्पिने प्रण छ भने आँखाले हेर्न पर्यो, कानले सुन्न पर्यो र मुखले उचित आदेश दिन पर्यो। हामी कोर्स करेक्सनको लागि हरदम तयार छौं। जय कर्मनिष्ठ। ॐ। नवदुर्गा भवानीले रक्षा गरून्। ॐ जय श्री शिव गोरख। बडा दशैंको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
सोम विक्रम सिंह
अध्यक्ष,
राष्ट्रिय सरोकार मञ्च, नेपाल ।
प्रकाशित: २० आश्विन २०७९, बिहीबार ०३:५०

Leave a Reply