No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जति नै गठबन्धन गरिए पनि चुनावपछि एमालेको सरकार बन्ने निश्चित छः अध्यक्ष ओली

0

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि  एमालेको सरकार बन्ने बताएका छन् । उनले भने, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा एमालेको सरकार बन्ने निश्चित छ ।”

मंगलबार झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्कमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे।

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा एमालेसँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, ‘यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।’

प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार १५:१९

Leave a Reply