No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘एउटाले प्रधानन्यायाधीशलाई अदालत जान बाटो खोल्छ, उसलाई छेक्न वकिल गेटमा बस्छन्, यो देश ध्वस्त पार्ने खेल हो’

0

डा.युवराज संग्रौला ।
न कुनै न्यायिक अवधारणा छ ? न कुनै न्यायिक दर्सन छ ? न कुनै न्यायिक जिम्मेवारी ? बिगत दस वर्षका प्रधानन्यायाधीशले न्यायापलिकाको उछितो काढे । उनीहरुले त्यसो गर्न सके किनकी उनीरुले आफू प्रधानन्यायाधीश भएको अनुभूति नै गर्न सकेनन् ? के उनीहरु स्वतन्त्र थिए ?कोही प्रधानन्यायाधीश हुन योग्य नै थिएनन् । कसैलाई इतिहासको धङधङी थियो, कोही मानसिक उपनिवेशवादका शिकार थिए । देशको राजनीति गर्नेलाई “स्वतन्त्र न्यायापालिकाको अर्थ नै थाहा नै थिएन।

उनका वकिल “नेतालाई मिल्ने गरि“ संविधान भाँचकुच गर्न सिकाउँथे । आज लोकतन्त्र थलापरेको छ । राज्यले संघीय कोष बनाएको छ, संविधानमा । राष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायाधीशको सुरक्षा प्रत्याभूत गरेको छ, गरीबको बाँच्न पाउने हक छैन । अदालत गरीबका लागि होइन, यो त कुलीनहरुका निर्णयलाई बैधानिक गर्ने हो। सामाजिक न्याय अदालतले जान्दैन। कसको अदालत हो यो ? यो कुलीनको अदालत हो । अहिले कुलीनहरुका बीचमा सत्ताको राजनीति मडारिएको छ। अदालत यही लंडाइँको मोहरा हो ।

अब यस्तो हुन दिन सकिन्न । के नाटक हो ? एउटा संस्था विवादित प्रधानन्यायाधीशलाई अदालत जाने अचानक बाटो खोल्छ, उसलाई छेक्न वकिल गेटमा बस्छन् । यो देश ध्वस्त पार्ने खेल हो ।

प्रकाशित: २४ मंसिर २०७९, शनिबार ०४:०७

Leave a Reply