No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

को र कसको सरकार ?

0

ऋषि कट्टेल ।

म विहान करिव ९ देखि १० वजेसम्म घामलागेपछि सडकमा घाममा निस्कन्छु । त्यसबेला खुद्रा व्यपारीहरु, ठेलागाडामा तरकारी बेच्नेहरु, सडकमा काम गरिरहेका कामदारहरु, कहिलेकाहीँ समय मिलाएर जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका गाई पालीरहेका किसानहरु, कोही अपरिचहरु जो मलाई नमस्ते गर्दछन् । उनीहरु आफूलाई अलि टाठावाठा जस्तो ठान्दछन् उनीहरु मेरो अन्तरवार्ताका नियमित श्रोता रहेछन् आदि आदि सँग मेरो भेट हुन्छ । मानिसहरुको मनोविज्ञान बुझ्नको लागि पनि यस्ता भेटभाट गर्दछु । समान्यतया समसामयिक कुरानै हुन्छ । हिजो चुनावको कुरा थियो आज सरकारको कुरा छ । संचार क्षेत्रले जसरी बढाइचढाई को र कस्तो सरकार बन्छ भनेर चर्चा गरिरहेको छ आम मानिसलाई यसले चिटचिटाहट पैदा गरेको छ । उनीहरुलाई न हिजो चुनावप्रति आस्था थियो न अहिले बन्ने सरकार प्रति विश्वास,आसा र भरोसानै छ । सबैको एउटै स्वर छ जो आएपनि आफैंं धनि बन्ने हुन् ।

मलाई पनि केही एलिट जस्ता देखिनेले सरकारबारे प्रश्न गर्दछन् । मेरो जवाफ प्रष्ट छ । को भन्ने कुरा गौण हो । पात्र त कोही आउला । देखिएकाहरु मध्ये पनि सवैभन्दा नालायक आउने हो । त्यस्तो गुण शेरवाहादुरमा अरु भन्दा बढीनै छ ।

जहाँसम्म कसको सरकार बन्छ यसको उत्तर सटिक छ । १) इण्डो अमेरिकी दलालहरुको बन्छ । २) विनोद चौधरीहरु, विक्रम पाण्डे मोहन आचार्यहरु, राजेन्द्र वजगाइँ कृष्णकुमार श्रेष्ठहरु सुनिल शर्मा तेजुलाल चौधरीहरु,मोहन वस्नेतहरु,पे्रम आले जुली महतोहरु आदिको बन्छ । किनकी अहिले संसदमा उनीहरुकै बाहुल्यता छ जसले यो देशको अर्थतन्त्र कव्जामा लिएको छ । यी नामहरु मैलै पात्र प्रवृत्ति चिनाउन लिएको उदाहरणको लागि हुँ । सारतः दलाल तथा नोकरशाही पूँजीवादीहरुको बन्दछ ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार ०५:३५

Leave a Reply