No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कमिसनको भरमा उडान अनुमति दिँदा दुर्घटना !

0

काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले सरकारले प्राविधिक रूपमा राम्रोसँग जाँचबुझ नगरी कमिसनको भरमा उडान अनुमति दिन नहुने टिप्पणी गरेका छन् । कमिसनको भरमा उडान अनुमति दिइरहँदा काटेलिङ प्रणालीको अन्त्य नहुने र नेपालमा विमान दुर्घटनाहरु दोहोरिरहने उनको भनाइ छ ।

आइतबार विज्ञप्ति जारी गरी  लेखक रायमाझीले नेपाली आकाशमा उडान गर्ने विमानहरू पुरानो आधुनिक प्रविधि भन्दा भिन्न खालको रहेको भन्दै पुराना विमानहरु विकसित मुलुकहरूमा उडान निषेध गरिएको उल्लेख गरेका छन् । “तर, नेपालमा कमिसनका लागि आँखा चिम्लेर यी विमानहरु आकाशमा उड्ने अनुमति पाउँछन् । यहाँका विज्ञहरुलाई यी कुराको जानकारी भएपनि उनीहरु कमिसन पाउँछन, अनि बोल्दैनन् ।”–उनले लेखेका छन् ।

नेपालको उडानबारे गहिरोसँग अध्ययन गर्ने अन्तर्राष्ट्रिय विज्ञहरुलाई राखेर यसको समाधान खोज्नुपर्नेमा विश्लेषक रायमाझीले जोड दिएका छन् । आज पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाको छानबिन गरी सत्यतथ्य कारण पत्ता लगाउन समेत उनले माग गरेका छन् । दुर्घटनाको कारण पत्ता नलगाई सरकारले बिदा दिंदैमा मृतात्माले शान्ति नपाउने उनको भनाइ छ ।

यति एयरलाईन्सको विमानमा प्राविधिक त्रुटि भएकोबारे तीन वर्षअगाडि आफूले प्रतिवेदनसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिएका छन् । “मलाई प्राप्त भएको सूचनाको जानकारी प्रतिवेदनसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लालबाबु पण्डितलाई पनि एकप्रति दिएको थिए, यो विमानमा प्राविधिक रुपमा थुप्रै त्रुटिहरू छन्, जुनसुकै बेला दुर्घटना हुन सक्ने रिपोर्ट प्राविधिकहरुले दिएका थिए ।” उनले भने,“सरकारले छानविन गरी यति एयरलाइन्सको उडानमा निगरानी गरोस् भनेर मैले तत्कालीन सरकारलाई सुझाव दिएको थिए। कुनै व्यक्ति विशेषको स्वार्थसँग जोडिएको नाउँमा विमान कम्पनीमाथि कुनै कारबाही गरिएन।” सरकारले पर्यटन मन्त्रालयका सहसचिव सदस्यसचिव संयोजक रहनेगरी दुर्घटना छानबिन आयोग गठन गरेकोमा उनले आपत्ति जनाए ।

दुर्घटनालाई व्यवसायीहरुले कमाउने धन्दा बनाउदै आएको भन्दै उनले बीमा कम्पनीबाट थोत्रो बिमान खरिद गर्ने र बढि रकम लिने गरेको टिप्पणी गरे । मृतकहरूको पनि बिमा कम्पनीबाट धेरै पैसा लिने थोरै रकम मृतकका आफन्तहरुलाई दिने गरेको उनको आरोप छ । विदेशमा थोत्रा नबिकेका बिमान ज्यादै सस्तोमा नेपालमा ल्याएर निजीक्षेत्रका बिमान व्यवसायीहरूले सरकारी एयरलाइन्स कम्पनीलाई नै उडानमा अवरोध गर्दै आएको उनको दाबी छ ।

आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । जहाजमा सवार चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । विमानमा सवार कोही पनि जीवित भेटिएका छैनन् । खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित: १ माघ २०७९, आईतवार १६:४९

Leave a Reply