No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साधकहरूलाई आफ्नो साधनामा बाधा र कष्ट नपुर्याए प्रेमप्रसादहरुले आत्मदाह गर्नुपर्दैन

0

केशवप्रसाद भट्टराई ।
आर्थिक क्षेत्रका, उद्योग, व्यापार र व्यवसायका पुजारीहरूको पुजामा व्यवधान नपुर्याइदिए ती क्षेत्रका साधकहरूलाई आफ्नो साधनमा बाधा र कष्ट नपुर्याए मात्रै पनि प्रेमप्रसाद आचार्यहरुले आत्मदाह गर्नुपर्दैन ।

१. सरकार, संसद, राजनीतिक दलहरू र राजनीतिका ठेक्दारहरू नभए पनि जीवन चल्छ, देश र समाज चलिरहेको हुन्छ । तर कृषि,उद्योग, व्यापार –व्यवसाय वेगर जीवन सम्भव छैन । देश र समाजको जीवन पनि सम्भव छैन । राज्य, सरकार, संसद, राजनीतिक दलहरू अस्तित्वमा नहुदा पनि कृषि,उद्योग, व्यापार–व्यवसाय थियो, समाज र राष्ट्र थियो ।

२. यत्ति कुरा बुझेर आफ्नो रूची र सरोकारको क्षेत्रमा जो कसैलाई आन्तरिक वा वाह्य पूँजी प्रविधि लगानी गरेर कुनै उद्योग खोल्न, व्यापार –व्यवसाय गर्न खुला छुट दिने, कानुनले तोकेका शर्त पुरा गरेर सो को जानकारी सम्बन्धित सरकारी निकायमा गराए पुग्ने, त्यही जानकारीको आधारमा तोकिएका शर्त पुरा भएकोमा तीन दिन भित्र एउटै ढोका र एउटै टेबुलबाट दर्ता गरिदिने, कुनै लाइसेन्स –स्वीकृति नचाहिने व्यवस्था भए उद्योग धन्दा , व्यापार –व्यवसायहरू आफैं फस्टाउँछन्, व्यापक रोजगारी निर्माण हुन आरम्भ हुन्छ, मुलुक समृद्ध हुने बाटो लाग्दछ ।

३. १९७९–१९८०मा चीन र १९९०–९१मा भारत मोटामोटी त्यही बाटो हिंडेर आजको अवस्थामा आइपुगेका हुन् । जापान, दक्षिण कोरिया, सिंगापुरहरूका समृद्धिका कथा त्यसरी नै निर्माण भएका छन् । २०–४७ पछिको नेपालमा डा. रामशरण महत र महेश आचार्यहरूले त्यही बाटो हिँड्न कदम चालेका मात्रै के थिए–मुलुकको अर्थतन्त्र जुरुक्कै उठ्यो । माओवादी विद्रोह ताका राज्य र सरकार एक किसिमले भूमिगत थिए, बन्दी थिए, हल न चलको अवस्थामा थिए तर देशको कृषि, उद्योग, व्यापार र व्यवसाय त चलिरह्यो । राष्ट्र र समाजको आर्थिक जीवन यथावत जस्तै रह्यो । राज्य बाँच्यो । नेपालको अर्थतन्त्रले र नेपाली समाजले राज्यको प्राण रक्षा गर्यो ।

४. अर्थतन्त्र थला पर्न थालेको अर्थात् समस्या शुरु भएको त त ६२–६३ पछि आएको हो –हेरे हुन्छ तथ्यांक ।

५. पूँजी भगवान हो ,ज्ञान, विज्ञान र प्रविधि भगवान हो । त्यसैले हामीले लक्ष्मी , सरस्वती दुर्गा आदि देवीहरूको पुजा–आराधना गर्ने गर्दछौँ । कृषक, उद्योगपति, व्यापारी र व्यवसायीहरू लक्ष्मी, सरस्वती दुर्गा आदि देवीहरूका पुजारी हुन्, साधक हुन् । त्यत्ति कुरा आत्मसात गरे पुजारीहरूको पुजामा व्यवधान नपुर्याइदिए, साधकहरूलाई आफ्नो साधनामा बाधा र कष्ट नपुर्याए प्रेमप्रसाद आचार्यहरुले आत्मदाह गर्नुपर्दैन ।

ती पुजारी र साधकहरुलाई आफ्नो पुजा र साधनामा सहयोग पुर्याएर राष्ट्रको अर्थतन्त्र सवल बनाउन डा.महतहरूनै चाहिन्छन् , महेश आचार्य, दीपेन्द्र बहादुर क्षेत्री र युवराज खतिवडाहरू नै चाहिन्छन् । अर्थतन्त्रका पुजारीहरूलाई सहयोग र सेवा पुर्याउन अयोग्य, असक्षम,निष्ठाविहीन व्यक्तिहरूलाई –पशुपतिमा पुजारी फेर्ने जस्तै अभ्यासका कारण देशको अर्थतन्त्र यो स्थितिमा पुगेको हो ।

 

प्रकाशित: १२ माघ २०७९, बिहीबार ०५:१८

Leave a Reply