No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लडाकु विमान दुर्घटनामा भियतनाममा चालकको मृत्यु

0

हनोई । लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ ।

विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् । रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।

प्रकाशित: १७ माघ २०७९, मंगलवार १५:३२

Leave a Reply