No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गर्छौंः शेखर कोइराला

0

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भएपनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारे । सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

फरक प्रसङ्गमा कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ”, उनले भने, “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

प्रकाशित: २३ माघ २०७९, सोमबार १०:४३

Leave a Reply