No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हार्नेहरुले हो आत्मसमर्पण गर्ने, योद्धाहरु त सहिद भएर मर्छन् : रञ्जिता श्रेष्ठ

0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हार्नेहरूले आत्मसमर्पण गर्ने बताएकी छन् । बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैगर्दा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

उनले भनेकी छन्, हार्नेहरुले हो आत्मसमर्पण गर्ने ! योद्धाहरु त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ । देश मागेर बिद्रोह हाम्रो माग होइन,मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफैं सक्षम छौँ । सतहमा दह्रो पिल्लर छ,भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहस मात्रै हो । भलो यसैमा छ । मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’

आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन् । तर नागरिक उन्मुक्तिले मत नदिए उनले प्रदेशसभाको विश्वास पाउने अवस्था छैन ।

 

प्रकाशित: २६ माघ २०७९, बिहीबार ०६:४०

Leave a Reply