No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिशोध केही बाँकी छैन, कसैलाई गाली नगरिदिनूहोलाः पल शाह

0

काठमाडौं । अभिनेता पल शाहले आफ्नो कसैप्रति रिस र प्रतिशोध नभएको बताएका छन् ।

बलात्कार मुद्दामा सफाई पाएर रिहा भएका शाहले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यबहार नगरिदिनुहोला ।’

उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको बताएका छन् । उनले भनेका छन्, ‘सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो । बितेको एक वर्षलाई मैले सिकाइको उर्बर समयको रुपमा लिएको छु । मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य । साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाव । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौज र नराम्रो व्यबहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ । त्यसैले सम्पूर्ण भगवानरुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु ।’

प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार १६:५४

Leave a Reply