No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादीको निर्णय

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गरी सरकारका कामहरुलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार १२:११

Leave a Reply