No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमा मिग विमान घरमा खस्दा दुई जनाको मृत्यु

0

भारतको पश्चिमी राज्य राजस्थानमा विमान एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

‘पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,’ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि भने । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार ०९:५१

Leave a Reply