No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ढाकाकुमारलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले यस मुद्दामा श्रेष्ठमाथिको कारबाहीलाई लिएर रास्वपा केन्द्रीय आचरण तथा अनुशासन समितिसँग कारण देखाउन पनि आदेश दिएको छ ।

श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाएको थियो । त्यसविरुद्ध उनी अदालत गएका थिए ।

 

प्रकाशित: २५ बैशाख २०८०, सोमबार १०:११

Leave a Reply