No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले घटायो बैंक दर

0

काठमाडौं नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको जनाएको हो । राष्ट्र बैंकले ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको जनाएको छ ।

यस्तै बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ । फलस्वरुप, अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिएको छ । त्यस्तै राष्ट्र बैंकले आर्थिक गतिविधि कम भएर बैंकको ऋण तिर्न नसक्नेलाई सहुलियत दिएको छ ।

राष्ट्र बैंकले वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइमा सहुलियत दिने निर्णय गरेको छ । यसको लागि केन्द्रीय बैंकले अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुर्नतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

 

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार ०७:३३

Leave a Reply