No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘तै मायाको’मा सुनिल र एलिशाको रोमान्स

0

काठमाडौं । गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै माया’को बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा दीपकको शब्द तथा संगीत रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङशैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रकाशित: ३० बैशाख २०८०, शनिबार ०८:२८

Leave a Reply