No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘दुबै सदनबाट पारित गरेर विधेयक पठायौँ र फेरि दराजमा थन्कियो भने हाम्रो हालत के हुन्छ ?’

0

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक जस्तै अन्य विधेयकहरू प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि पुग्दा राष्ट्रपतिले दराजमा थन्किएकाले त्यसबारे सरकारले राष्ट्रपतिलाई सम्झाएको मात्र बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले थन्किएको विधेयककाबारेमा सम्झाएको मात्र बताएका हुन् । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउने वैधानिक र संवैधानिक उपायको खोजी गर्ने क्रममा मन्त्रिरिषद्ले विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको तर सिफारिस नगरेको बताए ।

उनले संसदबाट दुईदुई पटक पारित भएर राष्ट्रपतिकहाँ पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको बताए ।

उनले भने,’राष्ट्रपतिले त्यतिबेला प्रमाणीकरण नगरीकन होल्डमा राख्नुभयो। त्यतिबेलै पनि कुरा उठेको कि संविधानको मर्म र भावना अनुसार राष्ट्रपतिले त्यसलाई होल्ड गर्नु हुँदैनथ्यो। त्यसो गर्दा संविधान मिचिएको थियो । यो सरकारले विधेयक थन्किएर बसेको छ । दराजमा होला खोज्नुहोला भनेर राष्ट्रपतिलाई सम्झाइदिएको मात्र हो । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर पठायौँ फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ ? लोकतन्त्रको भविष्य के हुन्छ ? संविधानको भविष्य के हुन्छ ? सबैले गहिरोसँग विचार गरौँ ।’

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार ११:०४

Leave a Reply