No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृतलाई घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार ०४:५४

Leave a Reply