No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले नेताहरूमाथि नियोजित आक्रमण भइरहँदा प्रहरी रमिते बन्योः सचिव भट्टराई

0

काठमाडौं । नेकपा एमालेले नामकरणको विषयमा कोशी प्रदेशमा आफ्ना नेता/कार्यकर्तामाथि आक्रमण भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सचिव योगेश भट्टराईले आफ्ना कार्यकर्तामाथि भइरहेको आक्रमणमा सरकार मुकदर्शक भएको आरोप लगाएका हुन् ।

उनले गृहमन्त्रीको जवाफ नआउन्जेल सदनका कार्यक्रम चल्न नदिने बताए । उनले एमाले नेताहरूमाथि नियोजित रुपमा आक्रमण भइरहँदा प्रहरी र प्रशासन रमिते भएको बताए । भट्टराईले यस किसिमको आक्रमण एमालेविरुद्ध जारी रहेमा स्वीकार्य नहुने र सरकारको मौनताको प्रतिकार गर्ने चेतावनी दिए ।

भट्टराईले पहिचानवादीका नाममा भएको आन्दोलनका क्रममा सत्तारुढ दलका नेता कार्यकर्ताहरुले नै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरेको बताए ।

उनले भने, ‘नाममा चित्त नबुझेको भए निर्वाचनबाट बहुमत ल्याएर नाम राखे हामी स्वीकार्छौँ। तर विरोधका नाममा अराजकता र उग्रता देखाउनु ठीक होइन।’

बिहीबार एमालेका कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाम र गाईघाटमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारको गाडी तोडफोड भएको थियो ।

 

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार ०६:४१

Leave a Reply