No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विशाल र अस्मिताको ‘दिलमा ठाउँ दियौ’

0

काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ । आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् ।

भिडियोमा दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । आर्टम मुभिजले चाँडै नेपाली फिल्म निर्माण गर्दैछ । अष्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा नेपाल आएको मौका पारी भिडियोमा अभिनय गरेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ । भिडियो सुधिर श्रेष्ठको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार ०४:२६

Leave a Reply