No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउन एमालेको माग

0

काठमाडौं । नेकपा एमालेले सुन तस्करी छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने बताए ।

गिरीले सत्ताको आडमा मान्छे जोगाउने काम भएको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुर्सीमा बस्ने नैतिकता नभएको बताए । गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको मिलेमतोमा नेपालमा गैरकानुनी रूपमा २० क्विन्टल सुन भित्रिएको आरोप लगाए ।

उनले भने,’भन्सारको कर्मचारीले मात्रै यत्रो काम गर्न सक्दैनन्। अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामा यो घटना भएको हो। उहाँहरू कुर्सीमा बस्न लायक हुनुहुन्न ।’

प्रकाशित: १० श्रावण २०८०, बुधबार ०९:४४

Leave a Reply