No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेङ्गुका विरामीको उपचारका लागि भरतपुर अस्पतालमा छुट्टै संयन्त्र तयार

0

भरतपुर । चितवनको भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो । अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ ।

प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेङ्गुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताए ।

उनका अनुसार आकस्मिक कक्षमा एक जना डेङ्गु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । डेङ्गु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे ।

प्रकाशित: २० श्रावण २०८०, शनिबार ०२:३३

Leave a Reply