No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युरोपबाट फर्केपछि माधव नेपाल : राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म, किन भाग्नु ?

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू विदेश नभागेको बताएका छन् । सोमबार युरोप भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफू ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र भाग्नु पर्ने कारण नभएको बताएका हुन् ।

उनले आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार कार्यक्रममा सहभागी हुन विदेश गएको र केहीकेहीले भाग्यो भन्न सम्म भ्याएकाले चुनौतिको सामना गर्न छिट्टै फर्केको बताए ।

उनले भने ‘म विदेश जानु भन्दा एकदिन पहिला साँझतिर सर्वोच्चबाट ललिता निवास प्रकरणकाबारेमा एउटा निर्णय भएको रहेछ । त्यो निर्णयसँग कताकता म प्रधानमन्त्री भएको बेला निर्णय भएका रहेछन् । म विदेश गएपछि माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल लुकेर बसेका छन् । अब नेपाल आउने सम्भावना छैन । हिम्मत पनि छैन भने । म चुनौति नदिउन्जेल चुप लागेर बस्छु, तर चुनौति दिएपछि सीधै सामना गर्छु । म बोल्दिन, तर बोलिसकेपछि तह लगाउनुपर्ने छ भने तह लगाएरै छाड्छु । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला ।’

उनले ललिता निवास जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताए । उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो सहयोगी भूमिका रहने छ ।’ उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको बताए ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार ०५:५४

Leave a Reply