No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित

0

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । सोमबार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

भारतसँग पराजित भएसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै ’सुपर फोर’ मा पुगेको छ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै ‘सुपर फोर’ मा पुगिसकेको छ ।

प्रकाशित: १८ भाद्र २०८०, सोमबार १८:१२

Leave a Reply