No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गान्धीको ‘भारत जोडो’ अभियानअन्तर्गत एकसय ३६ दिनमा चार हजार किलोमिटर यात्रा

0

काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उनले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह प्रवद्र्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौँ पाइला’ शीर्षकामा राखेको तीन मिनेटको भिडियोमा भारत एकताबद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताएका छन् । उनले भारत जोडो यात्रालाई निरन्तरता दिने ‘वाचा’ पनि गरेका छन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता गान्धीका एक सय ३६ दिने यात्राका क्रममा अभिलेख गरिएका पदयात्रा, स्थानीय तहका पार्टीका कार्यकर्ता र सामाजिक सङ्घसङ्गठनका नेता तथा अभियन्तासँगका भेटवार्ता, आमसभाका दृश्य समावेश गरिएका छन् ।

अभियानको वार्षिकीका अवसरमा काङ्ग्रेस नेताहरूले देशभर आज विविध कार्यक्रम आयोजना गरेका छन् तर ती कुनै पनि कार्यक्रममा नेता गान्धी अनुपस्थित हुनेछन् । उनी साताव्यापी युरोप भ्रमणमा छन् । युरोपमा रहँदा उनले त्यहाँ रहेका भारतीयसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०९:००

Leave a Reply