No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मालीमा यात्रुबाहक डुङ्गामा आक्रमण गरी ४९ जनाको हत्या

0

पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको छ । उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन् ।

आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ । घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ बजे सशस्त्र आतङ्ककारी समूहले डुङ्गामा आक्रमण गरेको मालीको सेनाले जनाएको छ ।

कम्तीमा तीनवटा रकेटले डुङ्गाको इन्जिनलाई लक्ष्य बनाएर आक्रमण गरेको डुङ्गा सञ्चालक कम्पनी कमन्याभले एएफपी समाचारसंस्थालाई बताएको छ । त्यसपछि उक्त डुङ्गालाई नदीमै रोकी सेनाले यात्रुहरूलाई बाहिर निकालेको कमन्याभका एक अधिकारीले बताएका छन् ।

रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ। मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेका छन् । गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ।

त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ । नीजेर नदीमा बहँदै गाओबाट मोप्ती सहरतर्फ जान लागेको डुङ्गामा आक्रमण भएको बताइएको छ। गाओ क्षेत्रकै बोरेम सर्कलमा रहेको सैन्य शिविरमा पनि आक्रमण भएको छ । सन् २०२० देखि मालीमा सैन्य सरकारले शासन गरिरहेको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार ०८:४९

Leave a Reply