+

वर्ल्ड युनिभर्सिटी गेममा ५ तेक्वाण्दो खेलाडी भिड्दै, प्रशिक्षकमा बिडारी

३० असार २०८२, सोमबार १२:४५

काठमाण्डौं । नेपालले वल्र्ड यूनिभर्सिटी गेममा तेक्वाण्दोतर्फ भाग लिने भएको छ । प्रतियोगिता यही जुलाई १६ देखि २६ सम्म जर्मनमा आयोजना हुर्दैछ । प्रतियोगितामा भाग लिने नेपाली टोली सोमवार जर्मनीका लागि उडेको छ । प्रशिक्षक बिवेक बिडारीले ६ सदस्यीय नेपाली तेक्वाण्दो टिम लिएर प्रतियोगितामा सहभागिताका लागि सोमवार जर्मनी उडेका छन ।

प्रतियोगितामा नेपाली खेलाडीहरु अभिषेक डल्लाकोटी, रुपेश तामाङ, रेजिना कार्की, पुजन खडका र अभिषेक बराल रहेका छन ।

विश्वभरका विश्वविद्यालयका खेलाडीहरुले भाग लिने वल्र्ड युनिभर्सिटी गेम संसारकै प्रतिष्ठित र धेरै देशका विश्वविद्यालयस्तरीय खेलाडीले भाग लिने प्रतियोगिता हो । नेपाली खेलाडीहरु उच्च मनोबलका साथ प्रतियोगितामा सहभागि भैरहेको र उनीहरुले देशलाई पदक सहित मान, सम्मान र स्वाभिमान बढाउने विश्वास नेपाली टिमका प्रशिक्षक बिडारीले बताएका छन ।

नेपालको प्रतिनिधित्व गर्ने नेपाली खेलाडीहरुले पनि उच्च मनोवलका साथ पदक जित्ने गरी प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन ।