+

युवा संगठनमा अध्यक्ष लिङ्देनका गुण्डा रोकेर युवाले विधिसम्मत नेतृत्व छान्दै सिकाए पाठ

२९ श्रावण २०८२, बुधबार ०८:४७

टिप्पणी । उज्यालो नेपाल ।
राप्रपाको राजनीतिक जीवनमा साउन २७ गते वुधवारका दिन अध्यक्ष राजेन्द्र लिङ्देनले निकै कालो ईतिहासको रचना गरेका छन, त्यो पनि आफैं प्रमुख अतिथि बनेर । सन्दर्भ हो, राप्रपाको भातृ संगठन युवक संगठनको काठमाण्डौं जिल्ला अधिवेशनको । आफैं प्रमेख अतिथि बनेर उद्घाटन गरेको युवक संगठनको जिल्ला अधिवेशन अध्यक्ष राजेन्द्र लिङ्देन आफैले स्थगनको घोषणा गरे । तर, अध्यक्ष राजेन्द्र लिङ्देनको घोषणालाई धोती लगाउदै सहभागिहरुले नयाँ नेतृत्व चुनेर देखाईदिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो कुरा त युवक संगठनको जिल्ला अधिवेशनमा प्रमुख अतिथि बनेर जानु नै हास्याष्पद थियो । तै पनि उनी संगठन कब्जा गर्ने नियतका साथ रिबन काटन मात्रै पुगेन्न, आफू निकटको नेतृत्व नआउने भएपछि आफैंले अधिवेशन स्थगनको घोषणा गरे । युवक संगठनको अधिवेशन स्थगन गर्ने उनको अधिकार क्षेत्र थिएन । तै पनि दम्भ देखाएर स्थगनको घोषणा गरे । तर युवकहरुले त्यो अस्वीकार मात्रै हैन, खारेज नै गरिदिए ।

दोस्रो, अध्यक्ष राजेन्द्र लिङ्देनले युवक संगठन काठमाण्डौंमा कब्जा जमाउन भाडाका गुण्डाहरु नै परिचालन गरे । अधिवेशन स्थगनका लागि नभई उनले नेतृत्व घोषणा गराउन बाहिरका गुण्डा परिचालन गरेका थिए । तर, सहभागिहरुले अध्यक्ष राजेन्द्र लिङ्देनका गुण्डालाई पनि तह लगाईदिए, धपाई दिए । अधिवेशन सफल पारे । एक पार्टी अध्यक्षको घोषणा बिपरित काठमाण्डौंमा युवक संगठनको अधिवेशनले नयाँ नेतृत्व चुन्नु राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजनीतिक चडकन हो । नैतिक रुपमा अध्यक्ष पदको खिली उडनु हो ।

तेस्रो कुरा, पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनले मेरा केटाहरु भनेर बोल्दै, वास्तविक प्रतिनिधि युवाहरुको अपमान र तेजोवध गरे । साझा अध्यक्ष हुन छोडेर उनले आफ्ना सुण्डमुसुण्डहरुको मात्र अध्यक्ष हुने असफल प्रयाश गरेर पार्टीमा बिभाजनको रेखा कोरे । युवाहरुमा त्यसको विजारोपण गरे । यो उनले पार्टीको सल्लाहमा हैन, आफ्नो सनकमा गरे । यो उनको पदीय मर्यादा, गरिमा र जिम्मेवारीभन्दा ठीक बिपरित राजनीतिक भुल हो ।

चौथो कुरा, राप्रपाको युवक संगठनमा अध्यक्षले नै पहिला गुण्डा बोलाएर भाँडने अनि पछि प्रहरी बोलाएर राजनीतिक कब्जा गर्ने जुन बाहुबली देखाए, यसले शान्त पार्टी राप्रपाको गौरवमय ईतिहासमा कलंकको टिका लगायो । अध्यक्ष राजेन्द्र लिङ्देनले जो रक्षक उही नै भक्षकको जुन चरित्र देखाए, त्यो उनको अर्को महाभुल हो ।

पाचौै कुरा, दमकमा जस्तै काठमाण्डैंमा युवा संगठनमा अध्यक्ष राजेन्द्र लिङ्देनले हार, अपमान र अवज्ञाको सामना गर्नु परेको छ । महामन्त्री डा. धवल शम्शेर राणा पक्षिय सहभागिहरुले युवा संगठन काठमाण्डौंको नेतृत्व लिएका छन । यसबाट अध्यक्ष राजेन्द्र लिङ्देनको युवा संगठनमा प्रभाव कमजोर हुदै गएको स्पष्ट नजिर बसेको छ । शक्तिको बलमा संगठन कब्जा गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको सूत्र फेल खाएको छ ।

अझैं समय बाँकी छ, आफ्ना भुल सुधारेर अध्यक्ष राजेन्द्र लिङ्देनले सबैको साझा अध्यक्ष हुने । तर, आफैं राजा बनेको दम्भमा उनले अरु भुल थप्दै जाने हो भने उनले थप प्रतिकुलताहरु झेल्नुपर्ने निश्चित छ । काठमाण्डौं युवक संगठनको अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनले पाएको कडा सबक यही हो ।

अर्को कुरा अब राप्रपाका युवाहरु जागरुक भैसकेका छन, उनीहरु अध्यक्ष राजेन्द्र लिङ्देनका दास हैन्न भन्ने प्रमाणित भएको छ । यो भने राप्रपाको उज्यालो भवियका लागि हरियो बक्ति नै हो ।
थप यो पनिः

ज्योति लामाको अध्यक्ष्तामा राप्रपाको काठमाण्डौं युवक संगठनको नयाँ नेतृत्व, अध्यक्ष राजेन्द्रले स्थगित भनेको अधिवेशन धवल शम्शेरको कव्जामा

राप्रपामा विधान उल्लंघन एउटा भए पो कति हो कति !