+

मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

१३ जेष्ठ २०८३, बुधबार १८:५२

काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेकी थिइन् ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराउँदै उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको बताइन् ।