No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक

0

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । फस्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् ।

अभिमन्यु भारतीय मोडल हुन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मसँगको सहकार्यमा निर्माण गरिएको चलचित्रको निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह–निर्माता अजित थापा र सनिस खकुरेल हुन् ।

अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । चलचित्रमा निर्माता अमित स्वयंको पटकथा लेखन रहेको छ । चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ ।

प्रकाशित: ८ आश्विन २०८०, सोमबार ०८:४९

Leave a Reply