No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानमा वम विष्फोटमा मृत्यु हुनेको संख्या ५० नाघ्यो

0

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ । घटनामा परी अरू ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो । प्रहरीले मास्तुङ सहरमा धार्मिक भेलालाई लक्षित गरी आत्मघाती आक्रमण गरिएको आशङ्का गरेको छ ।

अधिकारीहरूले त्यहाँ सङ्कटकाल घोषणा गरेका छन् । पाकिस्तानका आन्तरिक मामिला मन्त्री सरफराज बुक्टीले उक्त आक्रमणलाई ‘निकै क्रूर कृत्य’ को सङ्ज्ञा दिएका छन् । अहिलेसम्म कुनै समूहले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार ०९:३७

Leave a Reply