No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अशोक सिंहद्धारा लिखित स्मारिका शिव सेना अध्यक्ष उद्धव वालसाहेव ठाकरेद्धारा विमोचन

शिव सेना नेपालको २५ औं वर्षः

0

मुम्वई । शिव सेना नेपाल च्याप्टर स्थापनाको २५ औं वर्ष पुरा भएको छ । शिवसेना नेपालका संस्थापक तथा प्रमुखकका रुपमा अशोक सिंह नेपालीले ठूलो योगदान दिनु भएको छ । शिव सेना नेपालको रजत वर्षको अवसर पारेर शिव सेनाका अन्र्तराष्ट्रिय सम्पर्क प्रमुख अशोक सिंह नेपालीले शिव सेना नेपालका २५ वर्षलाई पुस्तकका रुपमा प्रकाशित गर्नु भएको छ ।
शिव सेना नेपाल मार्फत आफूले गरेका सामाजिक सेवाका बिभिन्न आरोह अवरोहहरुलाई विशेष स्मारिका प्रकाशन गरी सिंहले सार्वजनिक गर्नु भएको हो । शिव सेनाका कार्यकारी अध्यक्ष उद्धव वाल साहेव ठाकरेले असोज २७ गते शनिवार मुम्वईमा आयोजित एक समारोहका विच शिव सेना नेपालको सामाजिक सेवाका कर्महरु समेटिएको विशेष स्मारिकाको विमोचन गर्नु भयो । मुम्वईस्थित वाल साहेवको माताश्री वंग्लोमा आयोजित विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा शिवसेनाका कार्यकारी अध्यक्ष वाल साहेव ठाकरेले पुस्तकमा अशोक सिंहले समावेश गरेका शिव सेना नेपालका विषय र सन्दर्भहरु सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नु भयो ।
अशोक सिंह नेपालीले मुम्वईमा रहेर शिव सेना मार्फत प्रवासी नेपालीहरुको पक्षमा गरेका सामाजिक कामहरुको फेहरस्ती पुस्तकमा समेटनु भएको छ । शिव सेनाको अन्र्तराष्ट्रिय प्रमुखकको रुपमा गर्नु भएका कामहरुबारे पनि उहाँले स्मारिकमा सदृश्य चर्चा गर्नु भएको छ । शिव सेना भारतको चर्चित धार्मिक संस्था हो भने अशोक सिंह नेपाली लामो समयदेखि शिवसेनाको अन्र्तराष्ट्रिय सम्पर्क प्रमुखका रुपमा क्रियाशिल हुनुहुन्छ ।

 

प्रकाशित: २७ आश्विन २०८०, शनिबार १३:२५

Leave a Reply