No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेको चियापान १५ गतेलाई सर्यो

0

काठमाडौं ।  नेकपा एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको थियो ।

चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्यान्ह सवा १२ बजेदेखि सुरु हुने उनले बताए ।

प्रकाशित: १० कार्तिक २०८०, शुक्रबार ०४:१५

Leave a Reply