No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

परराष्ट्रमन्त्री साउद आइतबारदेखि अमेरिकाको औपचारिक भ्रमणमा जाने

0

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् । उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउनेछन् ।

नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् । परराष्ट्रमन्त्री कात्तिक १९ गते काठमाडौँ फर्कनेछन् ।

प्रकाशित: १० कार्तिक २०८०, शुक्रबार १६:३०

Leave a Reply