No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनको आर्थिक सुधार अझै पनि महत्वपूर्ण चरणमा रहेको राष्ट्रपति सीको भनाई

0

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्वपूर्ण चरण’ मा रहेको बताएका छन् । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारकहरूसँगै मुलुकले सामना गर्नुपरेको विकासको अवस्था जटिल रहेको बताए ।

उनले आधुनिक औद्योगिक प्रणालीको निर्माणमा तीव्रता ल्याउन, घरेलु मागको विस्तार गर्न र जोखिमलाई रोक्न तथा कम गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले प्रमुख विज्ञान तथा प्रविधि क्षेत्रमा ‘आत्मनिर्भरता’ लाई प्रवर्द्धन गर्न र ‘एउटा नयाँ विकास खाकाको निर्माणमा तीव्रता ल्याउने’ आवश्यकतामा पनि जोड दिएका छन् ।

चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ । विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रतिशतको लक्ष्यभन्दा थोरै कम हो । साथै यो वृद्धि वर्षौंमा सबैभन्दा कम हो ।

 

 

 

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०३:१९

Leave a Reply