No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक, थप एकको मृत्यु

0

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दएको हो । योसँगै रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या आठ पुगेको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयले चार जना नेपाली युक्रेनमा बन्दी रहेका र उनीहरूको रिहाइका लागि कूटनीतिक पहल भइरहेको बताएको छ । विवेक खत्री (राजापुर १, बर्दिया), सिद्धार्थ ढकाल (मण्डनदेउ ६, काभ्रेपलाञ्चोक), विकास राई (लेटाङ २, मोरङ) र प्रतीक पुन (रून्तिगढी– ८, रोल्पा) युक्रेनी सेनाको कब्जामा परेका छन् ।

यी सबै रुसी सेनाको तर्फबाट युक्रेनी सेनासँग लडिरहेका थिए । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

 

 

प्रकाशित: ४ पुष २०८०, बुधबार १३:४३

Leave a Reply