No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्रोत नखुलेको २० लाखसहित विराटनगरबाट एकजना पक्राउ

0

 

मोरङ । स्रोत नखुलेको १९ लाख ९० हजारसहित बुधबार साँझ विराटनगरबाट एकजना पक्राउ परेका छन् । उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

 

 

प्रकाशित: ११ पुष २०८०, बुधबार १५:३८

Leave a Reply