No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेखरको व्यंग्यः विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ, अनि एमालेलाई ?

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत कोइरालाले सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको बताएका छन् । सत्ता गठबन्धनको विरोध गरिरहेको एमालेलाई चाहिँ किन गठबन्धनको साथ चाहिएको भन्दै उनले प्रश्न गरेका छन् ।

उनले हिजो कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदै केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेका बताएका छन्।

उनले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन सिट बाँडफाँटका लागि छलफलमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमालेलाई राष्ट्रिय सभामा शून्य नपार्न आग्रह गरेको समाचार बाहिर आएको छ । यसै सन्दर्भमा कोइरालाको भनाई आएको हो ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार ०४:२२

Leave a Reply