No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रिमियर लिगमा सिटीको जित

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सिटीको सिजतमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए ।

न्यूक्यासलको मैदानमा सिटीले २६ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ब्रुनो गुमिरेजको पासमा इसकले गोल गर्दै न्यूक्यासललाई बराबरीमा लए । ३७ औं मिनेटमा डान ब्रुनको पासमा गोर्डनले गोल गरेपछि पहिलो हाफमा न्यूक्यासलले २–१ को अग्रता बनायो ।

सिटीले बराबरी गोल गर्न ७४ औं मिनेट कुर्नु परेको थियो । रोड्रीको पासमा ब्रुएनले गोल गर्दै बराबरी गरेका थिए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिटीको ब्रुएनको पासमा बोबले गोल गरेपछि अन्ततः सिटी ३–२ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लिन सफल भयो ।

जितसँगै सिटी २० खेलबाट ४३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अंकका साथ तालिकाको १० औं स्थानमा छ । प्रियिमर लिगमा लिभरपुल २० खेलबाट ४५ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित: २९ पुष २०८०, आईतवार ०३:४८

Leave a Reply