No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा निर्वाचनका लागि ६ हजार ९१० मतपत्र, सातै प्रदेशमा ढुवानी

0

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुर्याएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले विज्ञप्ति जारी गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिएका हुन् ।

आयोगका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ ।

कोसी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको आयोगले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ । कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ । राष्ट्रियसभा सदस्यका १९ पदका लागि माघ ११ गते मतदान हुँदैछ ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०७:५४

Leave a Reply