No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी वुमन्स प्रिमियर कपमा भुटानमाथि नेपालको जित

0

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप प्रतियोगितामा नेपालले भुटानमाथि जित हात पारेको छ । मलेसियामा जारी खेलमा आइतबार पहिला ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । ६६ रनको लक्ष्य पाएको नेपालले ८ विकेटको जित हात पारेको हो ।

बायोमास ओभलमा टस नेपालकी कप्तान इन्दु बर्माले टस जितेर भुटानलाई पहिला ब्याटिङको निम्तो दिएकी थिइन् । भुटानकी ओपनर न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाउँदा ५० बल खेलिन् । अर्की ओपनर यक्षे चोडेन एक रनमा आउट भएकी थिइन् ।

नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले एक–एक विकेट लिए । समूह डी मा रहेको नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ । आजको खेल जितेसँगै नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

प्रकाशित: २८ माघ २०८०, आईतवार ०४:३०

Leave a Reply