No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्रिकेटर देव खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडी अवार्ड

0

 

काठमाडौं । क्रिकेटर देव खनालले वर्ष उत्कृष्ट युवा खेलाडी अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ह जितेका हुन् ।  २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए ।

देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रदर्शन  गरेका थिए ।

देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका खनालले २०२४ को पल्सर एनएसएसजेएफ अवार्डको २० औं संस्करण हात पारे ।

 

प्रकाशित: २८ माघ २०८०, आईतवार १३:५८

Leave a Reply