No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाफ च्याम्पियनसिपमा साम्बाको पाँच गोलमा नेपालको जित

0

काठमाडौं । साउदी अरेवियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार नेपालकी सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

सािवत्राले १४ औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । उनले रेखा पौडेलको पासमा गोल गरेकी हुन् । १६ औं मिनेटमा इराकी खेलाडीबाट डीबक्समा बल खोस्दै सावित्राले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् ।

३७ औं मिनेटमा सावित्राले पुजा रानाको क्रसमा हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ४४ औं मिनेटमा रेखाको पासमा पाएको बल प्रहार गर्दा इरानी गोल किपरले क्लियर गर्न खोज्दा रिबाउन्ड प्रहार गर्दै व्यक्तिगत र टिमका लागि चौथो गोल गरिन् । पहिलो हाफमा ४ गोल खाएको इराकले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

इराकले दोस्रो हाफमा १ गोलमात्रै व्यहोर्न पुग्यो । सावित्राले ८० औं मिनेटमा टिम र व्यक्तिगत पाँचौं गोल गर्दै नेपाललाई फराकिलो जित दिलाइन् । अब नेपालले समूह चरणमा प्यालेस्टाइनसँग खेल्ने छ । नेपालले पहिलो खेलमा सिरियालाई पराजित गरेको थियो । जितसँगै नेपाल समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार १६:३३

Leave a Reply