No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयोजक पाँचथर क्लब पाँचथर गोल्डकप फुटबलको फाइनलमा

0

पाँचथर ।  आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको सेमिफाइनल खेलमा पाँचथर क्लबले बागमती युवा फुटबल क्लब, सर्लाहीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

पाँचथर क्लबका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न भने असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेलेको थियो । उसले थुप्रै अवसर खेर फालेको थियो । आजको खेलको म्यान अफ दी म्याच पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले  पाँच लाख पाँच हजार तथा उपविजेताले  दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

 

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार १४:२९

Leave a Reply