No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनआरटी केपी ओली कपको फाइनलमा

0

काठमाडौं । न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा सञ्जिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि सन्ञ्विले पुनः दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्नेे टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार १२:१३

Leave a Reply